Logo

१४ वैशाख, वीरगञ्ज । काठमान्डौ महानगरपालिकाले चौधरी ग्रुपलाई जरिवाना गरेको छ । महानगरले अनुगमनको क्रममा गुणस्तरहीन चाउचाउ भेटेपछि २ लाख रुपैया जरिवाना तिर्न निर्देशन दिएको हो ।

सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको छ ।

विशेष सूचनाको आधारमा महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले चौधरी ग्रुपमा विहीबार अनुगमन गरेको थियो । गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु धेरै रहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।

तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको पाइएको हो । काठमाण्डौ महानगरको वडा ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेर परीक्षण गरिएको थियो ।

गएको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ती चाउचाउ प्रयोगशालामा परीक्षणपछि न्यून गुणस्तरको प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार