Logo

२४ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएर नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने अन्ततः रिहा भएका छन् ।

उनी आज दिउँसो कारागारबाट बाहिरिएका हुन्। कारागार प्रशासनले प्रहरीले सुरक्षा दिन नसक्ने जनाएपछि लामिछानेलाई उनकी पत्नी निकिता पौडेलको जिम्मा लगाएर पठाइएको रास्वपा स्रोतले जानकारी दिएको छ।

लामिछानेको रिहाइले राजनीतिक वृत्त र उनका समर्थकमाझ फरक-फरक प्रतिक्रिया उत्पन्न गरेको छ। केहीले यसलाई न्यायको जीत मानेका छन् भने केहीले भने यस विषयमा थप छानबिन हुनुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित समाचार