Logo

 २७ असार,काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै शनिबार काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध गर्दै नाराबाजी गरेका छन्। सहभागीहरूले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाएका थिए।

प्रदर्शनका कारण वीर अस्पताल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

गणेश नेपालीको शव उनका आफन्तले अझै बुझेका छैनन्। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

सरकारी पक्षले शुक्रबारदेखि नै नेपालीको परिवारसँग वार्ता सुरु गरेको थियो। तर अहिलेसम्म वार्ताबाट कुनै सहमति जुट्न सकेको छैन।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।


सम्बन्धित समाचार