२७ असार,काठमाडौं । भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दलका सदस्य र सेवाकर्मी गरी ३६ जना सवार थिए।
दुर्घटनापछि स्थानीय प्रशासन, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।अधिकारीहरूका अनुसार हालसम्म २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ।
डुङ्गा पल्टिनुको कारण तत्काल खुल्न नसकेको भन्दै सम्बन्धित निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।



















