Logo

१५ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा अस्वाभाविक रूपमा भारी वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज पुनः तीव्र उछाल आएको हो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

हालको मूल्य वृद्धिले सुनचाँदीको कारोबारमा पुनः उतारचढाव ल्याएको छ । स्मरण रहोस्, यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो ।


सम्बन्धित समाचार