२७ असार,काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट ध्वस्त भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।
करिब १० महिनाको पुनर्निर्माणपछि सुपरमार्केटले औपचारिक रूपमा सेवा सुरु गरेको हो। क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि तीन सिफ्टमा काम गरिएको जनाइएको छ।
विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुनः सञ्चालनमा आएपछि पहिलो दिन नै उपभोक्ताको उल्लेखनीय भीड लागेको छ।
आगजनीबाट ठूलो क्षति पुगेको सुपरमार्केटलाई पुनः सञ्चालनमा ल्याउन संरचना, सामग्री व्यवस्थापन तथा आन्तरिक सजावटलगायतका काम गरिएको थियो।



















