Logo

११ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा पुर्ण खोप सुनिश्चितता समबन्धि अभिुमखीकरण कार्यक्रम सम्पन्न भएको छ ।बिहीबार लालपर्सा स्वास्थय चौकीमा सम्पन्न भएको कार्यक्रममा वडामा छुटेका बालबालिकाहरुलाई कसरी पुर्ण रुपमा खोप लगाउने,खोपको महत्व बारेमा प्रकाश पारिएको थियो ।

खोपको महत्व र यसको प्रकारका साथै यसले हुने फाईदाका बारेमा कार्यक्रममा लालपर्सा स्वास्थय चौकीका ईन्चाजै मेवालाल ठाकुरले सहभागीहरुलाई बताउनु भएको थियो ।सर्वेको क्रममा वडामा भएका बालबालिकाहरुले लिएका खोपको बारेमा कार्यक्रममा स्वास्थय चौकीका सिनियर अहेब रत्नेशवर साहले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले अगामी दिनमा पनि वडामा भएका कोही पनि बालबालिकाहरु खोप लिनबाट बञ्चित नहोस भनि स्वास्थय क्षेत्रमा बजेट नै लगानी गरेर भएपनि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

उनले स्वास्थय क्षेत्रलाई आफुले बिशेष रुपमा लिएकाले यसको बिकाशमा कुनै कमि हुन नदिने जिकिर गरे ।स्वास्थय चौकीका जनस्वास्थय निरिक्षक अनिशकान्त कुशवाहाले सहजीकरण गरेको अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरु,स्वयसेविका,स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार