Logo

११ जेठ, पर्सागढि । महामारिको रुपमा गाई भैंसी हरुमा फैलिएको लम्पी स्किन डिजिज रोग पर्साको पर्सागढिमा पनि देखिएको छ । पर्सागढिका पशुपालक किसान हरुले पालेको करिब आधा दर्जन गाई र भैसिहरुमा यो रोग देखा परेको छ ।

नगरपालिकाको वडा न २ निवासी बिरेन्द्र महतोले पालेको गाईमा यो रोग देखा परेको छ भने वडा न ३ र ४ मा पनि गाई भैंसी हरुमा लम्की स्किन डिजिज देखा परेको पशु बिज्ञ हरुले बताएका छन ।पर्सागढि नगरपालिका पशु सेवा साखा प्रमुख डाक्टर पुष्पेन्द्र कुमार साहका अनुसार अत्याधिक गर्मी सुरु भए संगै किसान हरुले पालेको गाई भैंसी हरुमा लम्पी स्किन रोगको प्रकोप पर्सागढिमा पनि देखापरेको र यसको रोकथामको लागि पशु सेवा शाखाले भ्याक्सिनको लागि भेटनरि अस्पताल तथा बिज्ञ केन्द्र पर्सामा माग गरिएको बताए ।

उनका अनुसार झिगा , भुसुना , लामखुट्टे , किर्ना हरुको टोकाई बाट विशेष गरि एक बाट अर्को गाई भैंसी हरुमा सर्ने रोग भएको हुनाले यो रोग लागेको गाई भैंसी हरुको शरीर तथा छाला हरुमा गिर्खा तथा गाठो देखिने र पछि घाउमा परिणत हुने उच्च ज्वरो आउने र गाई भैसिको दूध उत्पादनमा कमि आई दूध सुक्ने जस्ता लक्षण दखिने बताए ।यस्ता लक्षण देखिएका पशुपालक किसान हरुले पशु प्राबिधिक हरुको सुझाव अनुसार उपचार गराउने र गोठको सरसफाइमा ध्यान दिने डाक्टर साहले बताए ।


सम्बन्धित समाचार