Logo

१२ जेठ,बारा । बारा जिल्लाका किसानहरूले यस बर्ष विभिन्न जातको १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।

चैते धानको उत्पादकत्व बढी हुने भएको हुँदा प्रत्येक बर्ष किसानहरूले धानखेतीको क्षेत्रफलमा वृद्धि गर्दै आएकोमा यस बर्ष पनि करिब ५ सय हेक्टर क्षेत्रफलमा वृद्धि गरि १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसाद साहले जानकारी दिनुभएको छ ।

धान खेतीको सिचाईका लागि लामो समय सम्म पानी नपर्दा खडेरी भएको हुँदा भूमिगत पानीको सतहमा कमी हुन आएको हुँदा पम्पीसेटबाट चाहे जस्तो पानी नदिएको किसानहरूलाई सिचाइका लागि बढी आर्थिक भारको सामना गर्नुपर्ने बाध्यता भएको ज्ञानकेन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

गत वर्ष किसानहरूले विभिन्न जातका चैते धान खेती गरि कुल १५ हजार ५ सय हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर ४ दशमलव ४१ मेट्रिकटनको दरले ८६ हजार ३ सय ९९ दशमलव एक प्रतिशत धान उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख यादवले बताउनुभयो ।

 


सम्बन्धित समाचार