Logo

१२ जेठ,वीरगञ्ज । प्रहरीले दस केजी लागुऔषध चरेशसहित एक जनालाई पर्साबाट पक्राउ गरेको छ ।प्रहरीले चरेशसहित कालिकामाई गाउँपालिका–१ बस्ने २१ बर्षिय अनिल पासवानलाई पक्राउ गरेको हो ।

प्र्रहरी चौकी आशवारीबाट खटिएको प्रहरी टोलीले पासवान चढेर आएको बीआर २२ एटी ८४९८ नम्बरको मोटरसाईकल चेकजाँच गर्नेक्रममा उक्त परिमाणमा चरेश फेला पारेको थियो ।

उनले बोकेको झोलामा लुकाई छिपाई राखिएको लागु औषध चरेश २० प्याकेटमा प्रति प्याकेट ५०० ग्रामका दरले दस लागु औषध चरेश बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।पक्राउ परेका पासवानलाई चरेशसहित ईलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अन्ुसन्धान भईरहेको गिरीले बताए ।

 


सम्बन्धित समाचार