Logo

१९ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मेयरलाई भेट्न जादै हुनुहुन्छ ? एकपटक विचार गर्नु है, नगर प्रहरीले तपाईको शरीर खानतलासी गरेर साथमा भएको झोला, मोवाईल र पकेटमा भएको सामान समेत बाहिर राखेपछि मात्र नगरप्रमुख सिंहको कार्यकक्षमा प्रवेश गर्न पाइन्छ ।

संस्थागत विद्यालयको विषयमा छलफलका लागि गएका अभिभावक संघर्ष समितिका पदाधिकारीको शरीर खानतलाशी गर्नुका साथै उनीहरुको साथमा रहेको झोला र मोवाइल बाहिर राखि मेयरको कायकक्षमा प्रवेश गर्न पाएको संघर्ष समितिका पदाधिकारीले बताएका छन् ।

यो भन्दा अगाडी यस्तो कुनै खानतलासी गरिएको थाहा थिएन, अभिभावक संघर्ष समितिका संयोजक संदीप कुमार साहले भने, “सोमवार महानगरपालिकामा नगर प्रमुख राजेशमान सिंहलाई भेटन गएका सेवाग्राहीसँग यस्तो व्यवहार गरियो ।”

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा प्रवेश गर्न कडा सुरक्षा जाँचको सामना गर्नु परेको सेवाग्राहीहरुले बताएका छन् । द्वन्दकाल सेनाले लिने खानतलासीको झल्को आउने गरी मेयरको कार्यकक्ष बाहिर नगर प्रहरीले व्यवहार देखाए, संयोजक साहले भने ।

मेयरको सचिवालयमा रहेका नगर प्रहरीले शरीर खानतलाशी गरी झोला, मोवाइल र खल्तीमा राखेको सामान समेत लैजान नमिल्ने भन्दै बाहिर झिकिदिएको समितिका संयोजक संदीप कुमार साहले बताए । अभिभावको समस्याको बिषयमा छलफल गर्न बोलाएर मेयरले आफ्नो कार्यकक्षमा प्रवेश गर्नुपूर्व चेकजाँचका नाउँमा अपमानित हुने व्यवहार प्रर्दशन गरेको साहको भनाई थियो ।

वार्तामा गएका संघर्ष समितिका पाँच जना पदाधिकारीले झोला र मोवाइल खोसेर बाहिर राखेको र द्धन्दकालमा जस्तो शरीर खानतलासी लिएको बिषयमा मेयर राजेशमान सिंहको ध्यानाकर्षण गराउदा उल्टै आफ्नो सुरक्षाकालागि गर्नु परेको जवाफ दिएको साहले बताए ।

झोलामा कालोमोसो ल्याएको हुन सक्ने र मोवाइलले हिर्काएर आक्रमण गर्न सक्ने भएकोले मैले मेरो सुरक्षाका लागि झोला र मोवाइल लगायतका सामान कार्यकक्षमा नल्याउन नगर प्रहरीलाई निर्देशन दिएको हुँ, मेयर सिंहको भनाई उद्धृत गर्दै साहले भने ।

मेयर राजेशमानले आफूलाई असुरक्षित ठानेर हो की, भेट्न अउने जनताले दुव्र्यवहार गर्छन भनेर हो ? जनताको नजिकको सरकार प्रमुखलाई भेटन खोज्दा द्वन्दकालमा जस्तो खानतलासी गर्नु यो त जनताको अपमान हो साहले भने, “लोकतन्त्रमा जनताको मतबाट विजयी भएर जनताको सेवामा लागेका जनप्रतिनिधि जनताबाट असुरक्षित किन महशुस गर्न थालेका छन ? यो खोजीको विषय हुन सक्छ ।”

अभिभावक संघर्ष समिति र मेयर विचको बार्ता निष्कर्ष बिहिन

वीरगञ्ज महानगरपालिका र अभिभावक संघर्ष समितिबीच आज भएको वार्ता निष्कर्ष बिहिन भएको छ । मेयर राजेशमान सिंहसँग भएको वार्ता निष्कर्ष बिहिन भएको अभिभावक संघर्ष समितिले जनाएको छ ।

निजी तथा आवासिय विद्यालय वर्गीकरणको काम अन्तिम चरणमा पुगेको बताउँदै मेयर राजेशमानले वर्गीकरणपछि अभिभावक संघर्ष समितिको अधिकांश माग पुरा हुने आश्वासन दिएकोे संघर्ष समितिले जनाएको छ ।

चाँडो भन्दा चाँडो अभिभावकको समस्या समाधान गरिदिन मेयरसँग आग्रह गर्दा एकदुई दिन पर्खिदिनुस भनेर आग्रह गर्नुभएको संघर्ष समितिका संयोजक संन्दिप साहले जानकारी दिए । संयोजक सन्दिप सहित ५ जना अभिभावकलाई मेयर सिंहले वार्तामा बोलाएका थिए ।

अभिभावक संघर्ष समितिले निजी विद्यालयले मनोमानी ढंगले बढाएको शुल्क फिर्ता गर्नुपर्ने, पाठ्य पुस्तक वर्षेनी परिवर्तन गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने, धरौटी शुल्क लिन नहुने, तोकिएको पसलबाटै पोशाक र पुस्तक गरिद गर्न बाध्य पार्न नहुने, विद्यालय प्रांगणमा दुर्घटना हुँदा उपचारको सम्पूर्ण व्यवस्था विद्यालयले मिलाउनुपर्ने लगायत १४ बुँदे माग राखेर आन्दोलन गरिरहेको छ ।

असार ३१ गते भएको वार्तामा २५ दिनभित्र माग सम्बोधन गर्ने आश्वासन दिएको भएपनि हालसम्म माग पुरा नभएको, असोज २५ गते भएको वार्तामा आर्थिक वर्ष ०७८÷७९ को शुल्क तिरेर विद्यार्थीको नतिजा दिने सहमति भएपनि नीजि विद्यालयले कार्यान्वयन नगरेको गुनासो अभिभावक संघर्ष समितिको छ


सम्बन्धित समाचार