Logo

२८ मंसिर, वीरगञ्ज । अभिभावक संघले वीरगञ्ज महानगरले संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण हचुवाको तालमा गरेकोे आरोप लगाएको छ । उसले यो वर्गीकरणलाई खारेज गरी सरोकारवाला सहितको विज्ञ टोली राखेर छलफल र समिक्षा पछि पूनः स्तर र शुल्क निर्धाण गर्न भनेको छ ।

संघका अध्यक्ष सन्दिप साहले महानगरका उपमेयर ईम्तियाज आलमलाई ज्ञापनपत्र बुझाउँदै स्तर र शुल्क निर्धारण अवैज्ञानिक र अव्यवहारिक भएको बताए । संस्थागत विद्यालय वर्गीकरणबाट केहि विद्यालयको शुल्क कम भएपनि अधिकाशं विद्यालयको शुल्क बढ्नाले अभिभावकहरु झन् मारमा परेको अभिभावक संघको ठहर छ ।

विगतमा अभिभावक संघर्ष समितिले उठाएका मुद्धाहरु नसमेटिएको, वीरगञ्जका कुनैपनि विद्यालय क वर्ग लायक नहुँदा पनि ६ वटालाई क वर्गमा राखिएको लगायतका विषयमा अभिभावक संघले असन्तुष्टी जनाएको छ ।


सम्बन्धित समाचार