Logo

२७ पुस, एजेन्सी । पेरुमा पूर्वराष्ट्रपति पेद्रो कास्टिलोको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ ।गत हप्तादेखि जारी प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको हो । प्रदर्शनका क्रममा १ सय भन्दा बढी प्रदर्शनकारीहरू घाइते भएका छन् ।

प्रदर्शनमा ३८ प्रदर्शनकारी पक्राउ परेका छन् । संसद विघटन गर्ने प्रयास गरेको भन्दै महाअभियोग लगाएर पद मुक्त गरिएका पूर्वराष्ट्रपति कास्टिलो पेरुको कारागारमा रहेका छन् ।कास्टिलोका हजारौं समर्थकले पेरुमा राष्ट्रपतिय निर्वाचन र उनको रिहाईको माग गर्दै ब्यापक प्रदर्शन गरेपछि राजधानी लिमा लगायतका शहरहरुमा कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रदर्शनकारीहरुले राजधानीमा रहेको बिमानस्थलमा समेत प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन गरेको बल प्रयोगपछि भएको झडपमा प्रदर्शनकारीको मृत्यु भएको हो ।प्रदर्शनकारीले केही दिन अघि मात्र पदभार ग्रहण गर्नुभएकी राष्ट्रपति डिना बोलुआर्तेको राजीनामा समेत माग गरेका छन् ।


सम्बन्धित समाचार