Logo

२७पुष, वीरगञ्ज । पर्सामा कोईला बालेर सुत्दा भारतीय नागरिकको निसासिएर मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपोमा कार्यत २ जना भारतीय मजदुरको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं. ७ बस्ने वर्ष २९ को पबित्र गिरी रहेका छन भने अर्का भारतकैे सोही डिपोको म्यानेजर बर्ष ३० को मिथलेश यादव रहेका छन ।

त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स ( कोईला डिपो ) को रेखदेख गर्ने २ जना सोही डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठा भित्र झ्याल ढोका बन्दगरी २६ गते मंगलवार राती सुतेका थिए ।

बुधबार बिहान १० बजेसम्म ढोका खोलेर उनीहरु बाहिर आएनन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले ढोका फोडेर भित्र प्रवेश गरी हेर्दा दुवै जनाको मृत्यु भएको पाइएको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले जानकारी दिए।

कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेकोमा कोठाभि अक्सिजनको कमि भएर दुबै जनाको निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको गिरीले बताए ।घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।


सम्बन्धित समाचार