Logo

२९ पुस, काठमाडौं। पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले बताएका छन ।

दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको सिन्नार क्षेत्रमा भएको हो ।“आज बिहान यहाँ नासिक–शिर्डी राजमार्गमा वावी पठारे गाउँ नजिकै एउटा मालबाहाक ट्रकसँग बस ठोक्किँदा १० जनाको मृत्यु भएको छ,“ स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका छन् । निजी लक्जरी बस ठाणे जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको शिरडीको मन्दिरतर्फ गइरहेको थियो ।महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहात दिने घोषणा गरेका छन् ।रासस


सम्बन्धित समाचार