Logo

२९ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका छन् ।

उनीसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिएका छन् ।

नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका हुन् ।

सरकारमा सहभागी हुने बिषयमा माओवादी पार्टीलाई दिने मन्त्रीको संख्या र मन्त्रालयको कुरा नमिलेकोले माओवादीले आज भएको सपथमा भाग लिएन । नेकपा माओावादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले मन्त्रालयको कुरा टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुने बताए । उनले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीको नाम समेत टुंगो नलागेका बताए ।

यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ११ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् ।


सम्बन्धित समाचार