Logo

३० पुस,बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलियामा आज निशुल्क आँखा शिबिर संचालन गरिएको छ । उक्त शिविरमा २ सय ६५ जनाको आँखा आँखा परिक्षण गरिएको त्रिशुल क्लवले जनाएको छ ।

जितपुरमा रहेको त्रिशुल क्लबको आयोजना र रामकुमार महाबीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरको प्राबिधिक सहयोगमा भएको शिबिरमा १ सय १५ जनामा मोतिया बिन्दु र ८ जनामा टेरेजियम (आँखामा मासु बढेको ) देखा परेको प्राबिधिक टोलीका सदस्य सुदर्शन काफ्लेले जानकारी दिए ।

शिबिरमा डा.बासुदेव साह, डा. मुकुन्द खत्री र डा. राकेश गिरीले विरामीहरुको आँखा चेकजाँच गरेका थिए । शिविरमा आँखा चेकजाँच गर्दा मोतियाबिन्दु र टेरेजियम देखा परेका बिरामीहरुको सोमबार, मङ्गलबार र बुधबार केडिया आँखा अस्पतालमा निशुल्क सल्यक्रिया हुने क्लबका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।

शिबिरको औपचारिक कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा सदस्य इन्धल पासवान, प्रधानध्यापक किशोरी यादब, प्राबिधिक सहयोगी सुर्दशन काफले, राजेश यादब, चन्द्र कुमार श्रेष्ठ, सोम बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार