Logo

४ माघ, काठमाडौं । स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ ।

वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।

त्यो रकम हुण्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भारतीय रुपियाँ सहित एकजना पक्राउ

यसैविच जिल्ला प्रहरी कार्यालय पर्साले एक लाख भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती शहर रक्सौलबाट वीरगञ्ज आउने क्रममा इनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरीले शंकराचार्य गेटबाट एक जनालाई पक्राउ गरेको हो । ं

वीरगञ्ज महानगरपालिका वडा नंं १ छपकैया बस्ने जटाशंकर साहको साथबाट ५ सय दरका २ सय थान भारतीय रुपियाँ फेला पारेको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले बताए । पैदल यात्रीहरुको नियमित चेकचाँजको क्रममा उनको साथबाट उक्त रकम बरामद भएको प्रहरी उपरिक्षक शाहले बताए ।

उनलाई एक लाख नगद सहित आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हतियार सहित एक पक्राउ

सर्लाहीबाट प्रहरीले पेस्तोल सहित एक जना पक्राउ परेका छन् ।

सर्लाही ईश्वरपुर नगरपालिका– ५ नरेशखोर बस्ने २२ वर्षीय सञ्जित कुमार महतो पक्राउ परेका हुन् ।

बुधबार बिहान सर्लाही ईश्वरपुर–६ बयलबास बजारमा प्रहरीले जाँच गरेको थियो ।

त्यसैक्रममा पैदल यात्री सञ्जितको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित समाचार