Logo

१६ माघ, वीरगञ्ज । वीरगञ्ज नर्सिङ्ग क्याम्पसले ४७ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको–४ विर्तामा रहेको वीरगञ्ज नर्सिङ्ग क्याम्पसको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नारायणी अस्पतालका मडिकल सुपरिटेण्डेट डा. चितरञ्चन साह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्धघाटन राष्ट्रगान गाएर भएको हो । आज शहिद दिवस परेकाले शहिदहरुप्रति सम्मान तथा मौनधारण गरिएको नर्सिङ क्याम्पसकी सभापति जमुना भट्टाराईले जानकारी दिनुभयो ।

४७ औँ वार्षिकोत्सवको अवसरमा शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई एक आपसमा विभिन्न खेल जस्तै भलिबल, व्याडमिण्टन लगायतका खेलको आयोजना गरिएको बताईएको छ । प्रतियोगितामा विजयी भएका खेलाडीलाई सिल, मेडेल र प्रमाण प्रत्र समेत वितरण गरीएको हो । वीरगञ्ज नर्सिङ्ग क्याम्पसले उक्त कार्यक्रमको आयोजना गरेको हो ।


सम्बन्धित समाचार