Logo

२७ फागुन, वीरगञ्ज । साना किसान  कृषि सहकारी सस्थां लि ले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सस्थांले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्ज–२७ उदयपुरघुर्मीस्थित रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ५ जना महिला सहित ८८ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा मिरा देवी, लालती देवी, सिमा देवी कुर्मी, आशा देवी, बबिता देवी कुर्मी, श्यामसुन्दर यादव, मुकेश पटेल लगायतका रहेका छन् ।सस्थांका अध्यक्ष विरेन्द्र कुमार कर्णको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको उद्धघाटन वीरगञ्ज २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मीले गर्नुभएको हो । कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

त्यस्तै सस्थांले वीरगञ्ज मेडिकेयर प्रालीको सहयोगमा निशुल्क आँखा तथा दाँत शिविर समेत सम्पन्न गरेको छ । शिविरमा १ सय ३६ महिला र ९६ जना पुरुष गरि २ सय ३२ जनाको आँखा एवम् दाँतको निशुल्क परिक्षण गरिएको हो ।

जसमध्ये ३७ जनामा मोतियाबिन्दुको समस्या फेला परेको सस्थांका मुख्य प्रबन्धक मनोज प्रसाद यादवले जानकारी दिनुभयो । उनीहरुको सोमबार अस्पतालमा चेकजाँच गरेर निशुल्क शल्यक्रिया गरिने यादवले बताउनुभयो ।


सम्बन्धित समाचार