Logo

२७ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा आयोजित निःशुल्क स्वास्थय शिबिरमा ४ सय ५ जनाले स्वास्थय जाँच गराएका छन ।

शनिबार लालपर्सा स्वास्थय चौकीमा आयोजित शिबिरमा फिजिसियन,बाल रोग,स्त्री रोग र दन्त रोग बिशेषज्ञले चेकजाँच गरेका थिए ।पर्सा चिकित्सिक श्रीमती सँघले आयोजना गरेको निःशुल्क स्वास्थय शिबिरमा डाक्टर निरज सिँह,अशोक दास,सोनी झा,रामकिशोर सिँह,दिप्ती यादव,प्रेरणा सिँह लगायतले बिरामीहरुको जाँच गरेको सँघकी अध्यक्ष निता झाले जानकारी दिईन ।

उनले गाउँमा भएका बिरामीहरुलाई शहरमा पुग्न समय लाग्ने भएकाले गाउँमै पुगेर शिबिरको आयोजना गरेको बताईन लालपर्सा स्वास्थय चौकी र फोर जीआर सँस्थाको सहयोगमा आयोजित शिबिरमा वडाध्यक्ष मनोज यादव,स्वास्थय चौकीका जग्गादाता मुनि यादव,फोर जीआर सँस्थाकी नुतन सरावगी,पर्सा चिकित्सक श्रमिती सँघी पिया सिँह,लुना बेनर्जी लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार