Logo

२८ फागुन, काठमाडौं ।मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् ।

 

घटनामा २९ जना घाइते भएको प्रारम्भिक विवरण आएको र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन् । बसमा ३४ जना यात्रु रहेको जनाइएको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालका अनुसार सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।सभार कान्तिपुर


सम्बन्धित समाचार