Logo

२९ फागुन, वीरगञ्ज । ठाकुर राम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाता नामावलीलाई लिएर भएको विवादमा छानबीन समितिलाई प्रतिवेदन बुझउने दिएको समयसिमा आज सकिदै छ ।

मतदाता नामावलीलाई लिएर भएको विवादमा छानबीन समिति गठन भएपनि समितिका अध्यक्ष रघुनाथप्रसाद चौरसियाले हिजो राजीनामा दिएका छन् । विद्यार्थी संगठनहरुबाट सहयोग नभएको कारण आफुले हिजो राजिनामा दिएको नारायणी एफं.एमको कार्यक्रम आजको सन्दर्भमा उहाँले बताउनुभयो ।

उहाँको राजीनामा पछि समितिको रिक्त संयोजक पदमा सहायक क्याम्पस प्रमुख अनिलकुमार रमण आएका छन् । प्रतिवेदन बुझाएपछि स्ववियुको नयाँ कार्यतालिका आज नै प्रकाशित गरिने निर्वाचन अधिकृत रोशन लामिछानेले बताउनुभयो ।

विद्यार्थी सङ्घसङ्गठनहरूले सबै सङ्कायमा भएका भर्नाको छानबीन हुनुपर्ने माग गरेपछि क्याम्पस प्रमुख डा. उमेश चौरसियाले छानबीन समिति गठन गरेका थिए र तीन दिनभित्र प्रतिवेदन बुझाउन भनेका थिए ।

चैत ५ गते स्ववियु निर्वाचनको कार्यतालिका रहेपनि ठाकुरराममा विवादका कारण अन्यौलता सिर्जना भएको बुद्धिजीवीहरुको ठम्याई छ । तालिका अनुसार फागुन २७ गते उम्मेदवारी दर्ताको समय थियो । तर मतदाता नामावली विवादको प्रतिवेदन आज साँझ ५ बजेसम्म प्राप्त भए सोही अनुसारको नयाँ कार्यतालिका प्रकाशन हुने निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।


सम्बन्धित समाचार