Logo

१० असोज, वीरगन्ज । नेपालमा हिजो आइतवार एकै दिन एक हजार ५१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । अस्ति शनिवार बेलुकीसम्म २४ हजार चार सय ९२ जना डेङ्गीका बिरामी भेटिएकामा हिजो बेलुकीसम्मको तथ्यांकअनुसार २५ हजार पाँच सय ४३ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो एकै दिन डेङ्गी संक्रमणका कारण तीन जनाको ज्यान गएको छ ।

योसहित नेपालमा डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यो विवरण गएको साउन महिनापछिको हो । देशका ७६ जिल्लामा डेङ्गी पुष्टि भएकोमा सबैभन्दा धेरै काठमाण्डौमा आठ हजार आठ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ललितपुरमा ६ हजार दुई सय १८ र भक्तपुरमा आठ सय ८१ गरी काठमाण्डौ उपत्यकामा डेङ्गी संक्रमितको संख्या १२ हजार ३५ जना पुगेको छ ।उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार दुई सय ७५ जनामा संक्रमण देखिएको छ । धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुलामा दुई सय जनाभन्दा बढीमा डेङ्गी पुष्टि भएको छ । डेङ्गीबाट बच्ने उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको डाक्टरहरूले बताएका छन् ।


सम्बन्धित समाचार