Logo

७ मंसिर, काठमाडौं । फरक राजनीतिक पृष्ठभूमिबाट आएका शक्तिहरूको एकताबाट नयाँ राजनीतिक दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) को औपचारिक घोषणा गरिएको छ ।

आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रममार्फत यो नयाँ पार्टी सार्वजनिक गरिएको हो । यो एकतामा मुख्यतया नेपाल समाजवादी पार्टी (नेसपा/नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विद्रोह गरी आएका सन्तोष परियार लगायतको समूह सम्मिलित छन् । यी समूहहरूबीच कात्तिक २८ गते एकता गर्ने सहमति भएको थियो ।

७ सदस्यीय अध्यक्ष मण्डल

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीले नेसपा (नयाँ शक्ति) ले प्रयोग गर्दै आएको ‘आँखा’ लाई नै आफ्नो चुनाव चिह्न बनाएको छ । यस पार्टीमा सामूहिक नेतृत्व प्रणाली अपनाइनेछ, जसका लागि सात सदस्यीय अध्यक्ष मण्डल रहने बताइएको छ। नयाँ पार्टीलाई डा. बाबुराम भट्टराईले संरक्षकका रूपमा नेतृत्व प्रदान गर्नुहुनेछ, जसले गर्दा माओवादी धारका पुराना नेताहरू र नयाँ पुस्ताका प्रतिनिधिहरू एउटै छातामुनि गोलबन्द भएका छन् ।


सम्बन्धित समाचार