Logo

११ चैत,वीरगञ्ज । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप दुई वटा विशेषज्ञ विद्यातर्फ अध्यापन सुरु गरेको छ । प्रतिष्ठानका अनुसार एमडी÷एमएसतर्फ स्त्री तथा प्रसूति रोग र बालरोग तर्फको अध्यापन सुरु गरेको हो ।

प्रतिष्ठानमा पोस्ट ग्र्याजुएट कोर्समा स्त्री तथा प्रसूति रोग विशेषज्ञतर्फ २ जना र बालरोग विशेषज्ञ तर्फ १ जनाले अध्यापनका लागि नाम दर्ता गराएका छन् ।

यसअघि प्रतिष्ठानमा स्नातक तहतर्फ बीएससी नर्सिङ, बीएनएस, बीएससी एमएलटी र बीपीएचमा अध्यापन हुँदै आएको छ ।


सम्बन्धित समाचार