Logo

११ असोज, वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए।

प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ प्रचण्ड चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन्।


सम्बन्धित समाचार