Logo

३० भदौ, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नंं. ३ छपकैया वस्ने बर्ष ३१ का ओजिर अंसारीलाई लागु औषध नुफिन, डाइजोपम र फेनारगन गरी तीन हजार तीन सय एम्पुल सहित विहिवार दिउँसो २ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले वताएका छन ।
लागु औषध सम्वन्धि बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ३ आर्दशनगर पानीट्यांकी स्थित सडक खण्डमा कोलो झोला बोकेर पैदल हिडिरहेको अवस्थामा निजको झोला चेकजाँच गर्दा उक्त परिणामको लागु औषध फेला गरेको प्रहरीले जनाएको छ ।

video-d7336b0c-3c95-4308-948d-f7183ed1b6e3-1663239073
पक्राउ परेका अंसारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार