Logo

३० भदौ, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको अलौंबाट लागु औषध नुर्पिmन सहित तीन जनालाई विहिवार पक्राउ गरेकोछ ।
वीरगञ्जको अलौ नजिक भारतीय नम्वरको मोटर साइकलमा आएका तीन जना व्यक्तिलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट डाईजेपाम २ सय ५० एम्पुल, नुर्पिmन २ सय ५० र फेनारगन २ सय ५० एम्पुल गरी ७ सय ५० एम्पुल लागु औषध फेला परेको प्रहरी नायव उपरिक्षक दिपक गिरीले वताए ।

विआर ०५ एबि ५३१९ नम्वरको मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गरेका वीरगञ्ज महानगरपालिका वडा नं. ११ बस्ने बर्ष ३७ का पारस महतो, भारत विहार मोतिहारी पुर्वी चम्पारण रक्सौल बस्ने बर्ष १९ को कृष्ण पासवान र सोही ठाउँ बस्ने बर्ष १९ कै आशिष पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
केही दिन देखि भारतसँग जोडिएको खुला सीमनाका कारण लागु औषध कारोवारीहरुले पर्साको ग्रामिण क्षेत्रका नाकाबाट लागु औषध ओसार पोसार गरेको प्रहरीको भनाइ रहेको छ ।
भारतीय नम्वरको मोटर साइकल सहित पक्राउ गरेका तीज जनालाई लागु औषध सम्वन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार