Logo

७ असोज, काठमाडौं । वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

कमजोर महसुस र खानामा अरुचि भएपछि अस्पतालको आकस्मिक कक्षमा आएका जोशीको परीक्षण गर्दा डेंगु पुष्टि भएको किष्ट मेडिकल कलेजले जनाएको छ ।

१०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको डिलक्स क्याबिनमा उपचार गराइरहेका उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित समाचार