Logo

कोही बुबाहरु
पसिना, मेहनत
कुटोकोदाली, खेतबारी
भरिया, परदेशको गुलामी बनेर
जहान पाल्छन्
कोही बुबाहरु
खुबी, बुद्धि, विवेकले
सरकारी जागिर, पुर्खेली सम्पत्ति
व्यापार, व्यवसाय गरेर
जहान पाल्छन्
कोही बुबाहरु
रक्सीको कुवामा
चुरोटको धुँवामा
कुलतको जुवा
जहान फाल्छन्
जिम्मेवार देखि भाग्छन्
उल्टै श्रीमतीलाई पैसा माग्छन्
घरजग्गा बन्धकी राख्छन्
आफ्नै सन्तानलाई भोगविलासमा छोड्दैन्
दिन छोट्टी (परस्त्री) भट्टीमा बित्छ
रात श्रीमतीमा हैकम पिट्छ
यिनिहरकै आयु धेरै टिक्छ
घर्तीमा जति कुसन्तान निस्किएका छन्
यतिकै सन्तान पनि अभिभावकबाट पिल्सिएका छन्
एक बालक बुबाको उपदेशबाट अलग छन्
एक बालिका बुबाको सुरक्षाबाट अलग छन्
एक श्रीमती पतिको प्रेमको अभावमा छन्
एक छोराछोरी आफ्नो पहिचानबाट बन्चित छन्
एक समाज, छरछिमेकले कोलहाल अशान्त जेल्छ
एक बृद्ध बाआमालाई सन्तानको वियोगले पोल्छ
यहाँ जति सन्तान थरीथरीका छन्
त्यति नै बुबाहरु थरीथरीका छन्
हो बुबाहरु थरीथरीका छन् !


सम्बन्धित समाचार