Logo

२२ असोज, वीरगञ्ज ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।

ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले बताए ।

परिवारका सदस्य बर्दिबास गएकाले ढु‌ंगेल घरमा एक्लै थिए । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको खड्काले बताए ।

लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए ।

नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए ।

ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए ।

उनलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो । त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उनले २०७४ सालमा आम माफी पाएका थिए ।


सम्बन्धित समाचार