Logo

फाइल फोटो

२ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ ।

‘स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल भर्ना हुनुभएको हो । अहिले आइसीयूमा उपचार भइरहेको छ, अस्पताल स्रोतले भन्यो ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।


सम्बन्धित समाचार