Logo

पत्रकार त्रिभुवन पौडेल

१ माघ, पोखरा । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एंव गण्डकी प्रदेशका इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए । हिजो बैठक सकिएपछि आज गृहनगर पोखरा फर्कने क्रममा उनको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडलले जानकारी दिए ।

करिब ४ वर्षअघि विवाहित पौडेलका श्रीमती र एक छोरा रहेका छन् । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक थिए ।

कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टी गरेको छ । उनको अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन ।
विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । हालसम्म ४० जनाको शव निकालिएको छ ।

उद्दारमा खटिएका सुरक्षाकर्मीका अनुसार ३० जनाको शव गण्डकी प्रदेश अस्पतालमा राखिएको छ भने ३४ जनालाई विमान दुर्घटना भएको खोँचमा राखिएको छ । उनीहरु सबैको मृत्यु भएको प्रारम्भिक आशंका छ । विमानबाट अब ८ जनालाई निकाल्न बाँकी छ ।

 


सम्बन्धित समाचार