Logo

२१ माघ, वीरगञ्ज। हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

श्रीपंचमी पछि मौसममा सुधार आएपनि आज एक्कासी मौसम परिवर्तन भई वीरगन्ज लगायत मध्य तराईमा हुस्सु तथा कुहिरो लागेको छ । आज विहान देखि तराईमा कुहिरो सँगै सित परिरहेको छ ।

एक्कासी कामको लागी विहान ६ बजे घरबाट निस्किदा कुहिरो देखिएपछि सावधानी अपनाएर यात्रमा निस्ककेको वीरगन्ज १५ का रामबहादुर यादवले बताउनुभयो ।

कुहिरोमा सवारी दुर्घटानाको जोमिख बढि हुनेगरेको हुँदा सावधानी अपनाएर सवारी कुदाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार