Logo

३ चैत,वीरगञ्ज । नेपाल भोजपुरी समाजले वीरगंजमा रहको सुर्जी देवी मा.वी.मा भोजपुरी कला संस्कृति सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले प्रशिक्षण दिनु भएको हो । प्रशिक्षण कार्यक्रममा समाजका उपाध्यक्ष रितुराज पटेल, सह सचिव अजमत अलि अंसारी, सुर्जी देबि माबिका प्र.अ मनोज चौहान, पत्रकार राजकुमार सरर्फा, मनोज मिश्र लागायतको सहभागीता रहेको थियो ।

नेपाल भोजपुरी समाजले पर्साका १० वटा विद्यालयमा सो कार्याक्रम गर्न लागेको समाजका सचिव राजेन्द्र सिहंले बताएका छन । समाजले अहिले सम्म ६ वटा विद्यालयमा भोजपुरी कला संस्कृति बिषयमा कार्यक्रम सम्पन्न गरी ६६ वटा सदस्यको समुह निर्माण गरेको सिंहले बताएका छन् ।

कार्यक्रममा विद्यार्थीहरु पनी उत्साह जनक सहभागीता जनाएको र उनीहरु बिच प्रतिशप्रदा गराई बिद्यार्यीलाई पुस्कृत गरिने समाजले जनाएको हो ।


सम्बन्धित समाचार