Logo

वीरगन्ज, २१ भदौ । नेकपा माओवादी केन्द्र बारा जिल्ला समन्वय समितिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम टुंग्याएको छ । मंगलबार बसेको समन्वय समितिको बैठकले बाराको चारवटै क्षेत्रको उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

समन्वय समितिको निर्णय अनुसार बाराको क्षेत्र नम्बर १ बाट डाक्टर गोपाल ठाकुर र श्याम किशोर यादव, क्षेत्र नम्बर २ बाट शिवचन्द्र कुश्वाहा, क्षेत्र नम्बर ३ बाट गीता कंडेल र सोनालाल साह र क्षेत्र नम्बर ४ बाट अनिल श्रेष्ठ, जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य एवं जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।

यसअघि बारा क्षेत्र ४ को क्षेत्रीय बैठकले जयराम दाहालको एकल नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको थियो । जिल्ला समन्वय समितिले जिल्ला संयोजक समेत रहनु भएका श्रेष्ठको नाम सहित चारवटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्यहरुको उम्मेदवारको नाम सिफारिस गरेको हो । समन्वय समितिको बैठकले प्रदेशसभा सदस्य उम्मेदवार र समानुपातिकको उम्मेदवार पनि टुंगो लगाएको छ ।


सम्बन्धित समाचार