Logo

काठमाडाै । मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको सूची सार्वजनिक गरेको छ । न्याय परिषद्का अनुसार २७ जना न्यायाधीशका लागि आवश्यक भन्दा तीन गुणा अर्थात् ८१ जनाको नाम स्वीकृत भएको हो । मंगलबारको परिषद् बैठकले सर्ट लिष्टमा रहने ८१ जनाको नाम स्वीकृत गरेपनि नाम भने सार्वजनिक गरेका छैनन् ।
त्यसैगरी मंगलबारकै बैठकले उच्च अदालतका मुख्य न्यायाधीशका लागि ५ जनाको नामसमेत सिफारिस गरेको छ । लामो समयदेखि ४ वटा उच्च अदालत कामु मुख्य न्यायाधीशका भरमा चलिरहेको थियो ।


सम्बन्धित समाचार