Logo

निर्वाचन आयोगले आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ असोजबाट आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । आयोगले विगतको अभ्यासअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयलाई आधार मानेर आचारसंहिता लागू गर्ने तयारी गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयअगावै आचारसंहिता लागू हुने सम्भावना छ। ‘विगतमा समानुपातिकको बन्दसूची बुझाउनुअगाडिबाट आचारसंहिता लागू हुने गरेको थियो,’ उनले भने, ‘आयोगको कार्यतालिका अनुसार २ र ३ असोजमा समानुपातिकको बन्दसूची बुझाउने समय छ । यसआसपास लागू हुने गरी आयोगले निर्णय गर्ने सम्भावना छ। ’
आयोगले १३ भदौमा आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। आचारसंहितामा चुनावी प्रचारप्रसारमा राष्ट्रिय झन्डा प्रयोगको अनुमति दिने, विदेशी नम्बर प्लेटका सवारी प्रयोगमा रोक लगाउनेलगायत व्यवस्था गरिएको छ ।


सम्बन्धित समाचार