Logo

A Portrait of the faction’s President Puspa Kamal Dahal ‘Prachanda’ giving speech in the program against the dissolution of House of Representatives at Kathmandu, Nepal on Wednesday, February 10, 2021. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

वीरगञ्ज, २३ भदौ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य मुरलीमनोहर (सिपू) तिवारीसहित २७ जनाले पार्टी परित्याग गरेका छन् । मंगलवार एक विज्ञप्ती जारी गर्दै तिवारीसहित २७ जनाले सामुहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
पछिल्लो समयमा जसपाभित्र स्वेच्छारी, निरंकुशता र एकलौटी ढंगबाट पार्टी सञ्चालन गर्ने प्रवृति बढेको प्रति आपत्ति जनाउँदै सामुहिक रुपमा राजीनामा दिने निर्णयमा पुगेको विज्ञप्तीमा उल्लेख छ ।
नेतृत्व तहलाई पटकपटक बैठक र छलफलमार्फत पार्टीभित्र देखिएको विवाद समाधानका लागि आग्रह गर्दा पनि सत्ता स्वार्थमै केन्द्रीत भएको तिवारीले आरोप लगाएका छन् ।
तिवारीसँगै जसपाका नेताहरु लक्ष्मण साह, चोकट महतो, अलाउदिन मियाँ, राजन साह, जाकिर हुसैन, गम्हीरा साह, आमिर हवारी, विवेक गुप्ता, तुलसी माली, रमेश दास लगायतले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गरेसँगै तिवारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तिवारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी प्रवेश गराएका हुन् ।


सम्बन्धित समाचार