Logo

वीरगञ्ज, २३ भदौ । ‘मृगौला बचाउ अभियान’ सञ्चालन गरीरहेका बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले वीरगञ्ज आउने भएका छन् । वीरगञ्जको गण्डकस्थित नेपाल मेडिसिटी वयोद्या अस्पतालमा यही भदौ २५ गते शनिवार डा. काफ्ले आउने अस्पतालका ईमामुल हकले जानकारी दिए । विशेष गरी मृगौला रोग सम्बन्धी बिरामीहरुको उपचारका लागि डा. काफ्लेलाई वीरगञ्ज बोलाइएको हकले बताए ।
पछिल्लो समयमा मृगौला सम्बन्धी समस्या विकराल रुपमा बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै डा. काफ्लेले मृगौला बचाउ अभियान नै सञ्चालन गरीरहेका छन् । विभिन्न किसिमका सञ्चार माध्यमसँगै सामाजिक सञ्जाल एवम् शिविरहरुमार्फत उनले मृगौला सम्बन्धी जनचेतना जगाउँदै आएका छन् ।
मृगौला सम्बन्धी समस्याबाट ग्रसित भएकाहरुलाई बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. काफ्लेसँग चेकजाँच गराउनका लागि यही भदौ २५ गते शनिवार गण्डकस्थित नेपाल मेडिसिटी वयोद्या अस्पतालमा आएर चेकजाँच गराउन अस्पताल प्रशासनले आग्रह गरेको छ ।


सम्बन्धित समाचार