Logo

Nepal’s newly appointed Prime Minister Sher Bahadur Deuba addresses the parliament asking for a vote of confidence in Kathmandu on July 18, 2021. (Photo by PRAKASH MATHEMA / AFP) (Photo by PRAKASH MATHEMA/AFP via Getty Images)

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध नबोल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उहाँले केपी ओलीको प्रतिगमन विरुद्ध उभिएको गठबन्धनका कारण नेपाली काग्रेस बलियो हुर्दै गएकोले पार्टी हित विपरित नजान कार्यकर्तालाई आग्रह गर्नुभयो ।
शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा पार्टीलाई बढीभन्दा बढी फाइदा लिने प्रयासमा आफूहरु रहेको उनले बताउनु भयो । गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको देउवाको भनाई थियो । उहाँले यो गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन यसका विरुद्ध नजान पार्टीका नेता कार्यकर्ताले चेतावनी दिनु भयो ।

यता काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुशताको समयमा हालिमुहाली गरेको एउटा समूहले आफूलाई चितवनमा चुनाव हराउन लागिपरेको बताउनु भएको छ ।
जनता समाजवादी पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका चितवनका नेता कार्यकर्तालाई शुक्रबार पार्टीमा प्रवेश गराउदै प्रचण्डले मंसीर ४ गते हुने प्रतिनिधिसभा चुनावमा चितवन क्षेत्र नम्बर ३ बाटै लड्ने बताउनु भयो उहाँले देशका विभिन्न क्षेत्रबाट चुनाव लड्न प्रस्ताव आएपनि आफूले पार्टीको हितका लागि चितवनको निर्वाचन क्षेत्र नछोडने बताउनु भयो ।
तर एकथरी मानिस ‘प्रचण्ड भनेको अस्थिरताको कारक हो, यो रहँदासम्म सुख दिने भएन’ भनेर हराउनुपर्छ भनेको लागेका छन प्रचण्डले भन्नु भयो ‘हाम्रो वर्गका चाहना बचाउनु पनि पर्छ, जिताउनुपर्छ भन्ने छ । कसले जित्छ भन्ने फैसला भइसकेको छैन, ब्याटल जारी छ ।’


सम्बन्धित समाचार