वीरगन्ज, २४ भदौ । सरकारले पक्राउ पुर्जी जारी गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको दाेश्रो जिल्ला सम्मेलन आयोजना गरेको छ । सरकारलाई नै चुनौती दिदै वीरगन्जको घण्टाघरमा नै सम्मलेनको आयोजना गरेको हो ।
पार्टीका जिल्ला संयोजक विनोद काफ्लेको अध्यक्षतामा शुक्रबार घण्टाघरमा आयोजित दाेश्रो जिल्ला सम्मेलनमा बोल्ने नेताहरुले वैज्ञानिक समाजवाद पार्टीको अन्तिम लक्ष्य रहेको बताएका छन् । संसदीय व्यावस्थाले मुलुकलाई ध्वस्त बनाएको उनीहरुको जिकिर । देश दलालपूँजीपतिको हातमा गएको भन्दै यसबाट मुक्ति दिलाउन पार्टीले संघर्षलाई अगाडि बढाएको उनीहरुको भनाई ।
सम्मेलनमा पार्टीका बारा, पर्सा, मकवानपुर र चितवन इन्चार्ज तथा केन्द्रीय सदस्य सन्देश पौडेल, सर्लाही र रौतहट इन्चार्ज एवं केन्द्रीय सदस्य समर, मकवानपुरका पूर्व सेक्रेटरी वाटर, बाराका पूर्व सेक्रेटरी विक्रम राष्ट्रिय वामपन्थी मञ्चका केन्द्रीय सदस्य पवन महतो लगायतले बोलेका थिए । जिल्ला अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जिल्ला संयोजक विनोद काफ्लेले जानकारी दिनुभयो ।