Logo

वीरगंज, भदौ २६ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोवार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पर्सा जिल्ला पोखरीया नगरपालिका वडा नंं. ९ वैरियाविर्ता निवासी बर्ष ३५ का महम्द रिजवान आलमलाई हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले आइतवार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाकोा कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थित श्रीराम सिनेमा हलको पछाडीको गल्लीमा मोटरसाइकल चेकजाँच गर्दा श्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय नगद रुपियाँ वरामद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चेकजाँचका क्रममा आलमको जिन्सपाइन्टमा उक्त रकम फेला परेपछि उनले प्रयोग गरेको प्रदेश २३०१२ प २०४६ नम्वरको प्लाटिना मोटरसाइकल सहित आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आलमले लिएको रकमको श्रोत नखुलेमा उनलाई बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ विरुद्ध कार्वाही अगाडी बढाई प्रहरी निरीक्षक बुढाथोकीले वताउनु भयो ।


सम्बन्धित समाचार