Logo

वीरगंज, भदौ २६ । वीरगंजको एक अस्पतालमा एक चौधरी दम्पतीले १० वर्षपछि एकैपटकमा ३ वटा बच्चा पाएका छन । प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नं. ९ का बृजमोहन चौधरी थारुकी श्रीमति ललिता देवि थरुनीले एकैपटकमा ३ वटा छोरालाई जन्म दिएकी हुन ।
विगत दश वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको बृजमोहन चौधरीले वताउनु भयो । प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले आइतवार शल्यकृया गरेर तीनवटै बच्चा सकुशल निकाल्न सफल भएको हो ।
निकै जोखिम मानिएको अप्रेसनमा प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा, नर्स स्टाफ, रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुर लगायतको सहयोगमा सफल भएको प्रभु अस्पतालले जनाएको छ । हाल आमा तथा तीनवटै बच्चाको अवस्था समान्य रहेको डाक्टर लक्ष्मी थापाले जानकारी दिनु भयो ।


सम्बन्धित समाचार