Logo

३० भदौ वीरगञ्ज । नेकपा माओवादी केन्द्रका नेताहरुको पहलमा धोविनी गाउँपालिकाका तीनवटा विद्यालयलाई बजेट निकासा भएको छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य सलाउद्दीन अहमदको पहलमा धोविनी गाउँपालिकाको अजिज मियाँ माविलाई ४५ लाख, नेरामावि भिखमपुरलाई ४५ लाख र कालीप्रसाद लाखे माविलाई २२ लाख ५० हजार रुपैंया शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट निकासा भएको हो ।
नेता अहमद लगायतका माओवादी नेताहरुले धोविनी गाउँपालिकाको शैक्षिक सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग भेटघाट गरेर ज्ञापनपत्र बुझाएका थिए । धोविनी गाउँपालिकाको शिक्षा, सामाजिक विकास, स्वास्थ्य लगायतका विषयमा निरन्तर खबरदारी गर्दै जनताको हितका लागि क्रियाशील रहदै आउनु भएका नेता अहमदले विद्यालयको पूर्वाधार संरचना निर्माणका लागि पनि मन्त्रालयमा पहल गरेर बजेट पार्न सफल भएको बताउनुभयो ।
उहाँले धोविनी गाउँपालिकाको शैक्षिक क्षेत्रको विकासमा मन्त्री देवेन्द्र पौडेलको चासो र चिन्ताले धोविनीका शिक्षा क्षेत्रमा परिवर्तन हुनेमा आशावादी रहेको अहमदले बताउनुभयो ।


सम्बन्धित समाचार