Logo

डा अबुल हैस अंसारीअशाेक कुमार बैदसुवाेध कुमार गुप्तामुरलीधर रुगंटा
३ असोज, वीरगञ्ज ।
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार तथा पदवी पाउनेमा वीरगंजका उद्योगी व्यवसायीहरू पनि परेका छन् ।
वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगी अशोक कुमार बैद, उद्योगी तथा समाजसेवी मुल्लीधर रुगंटा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, वीरगंजका उद्योगी व्यवसायी दीपेन्द्र कुमार कलवारलाई प्रवल जनसेवाश्री पदक पाउनु हुने भएको छ ।

सोमवार सार्वजनिक गरिएको पद पाउनेहरुमा वीरगंजका डाक्टर अबुल हैस अंसारी समेत हुनुहुन्छ । वीरगंज गण्डक स्थित वीरगंज हेल्थकेयर अस्पतालका संचालक अंसारीले कोरोनाको समयमा अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरि विरामीको सेवा गरेको कारण प्रवल जनसेवाश्री पदक पाउनु हुने भएको छ ।
त्यसैगरी वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हेमा थापालाई पनि प्रवल जनसेवाश्रीबाट बिभूषण गरिने भएको छ ।
पर्साका स्वतन्त्रता सेनानी स्वर्गीय मेघराज उपाध्यायलाई प्रसिद्ध प्रवल जनसेवाश्री बाट मृत्युपरयन्त सम्मान गर्ने भएको छ । उपाध्याय नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालका पीता हुनुहुनन्छ ।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप पदवी दिइएको छ ।
व्यवसायीहरू कुशकुमार जोशी, जगदीशप्रसाद अग्रवाल, राजेशकुमार अग्रवाल, कुसुम लामा, अरुणकुमार केसी र बेनिगोपाल मुन्दडालाई सुप्रबल जनसेवा श्री दिइएको छ । सुप्रबल जनसेवाश्री पाउनेमा पर्यटन व्यवसायी राम थापा तथा रामबहादुर कोइरी र होटल व्यवसायी सिर्जना राणा पनि रहेका छन् ।
प्रबल जनसेवाश्री पाउनेमा व्यवसायीहरू सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनीलकुमार वंशल, ओमकार गौचन, बटु लामिछाने, भीमप्रसाद घिमिरे, सिताराम उप्रेती, सुरेन्द्रकुमार गोयल र चतुर्भुज अग्रवाल रहेका छन् ।
त्यस्तै, नरेशप्रसाद श्रेष्ठ, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी, दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, शान्तकुमार उपाध्याय, कुमुदकुमार दुगड महिला उद्यमी लक्ष्मी शर्मालाई पनि प्रबल जनसेवाश्री दिइएको छ । कृषि उद्यमी खेमबहादुर केसी, गोविन्दप्रसाद थपलिया, यातायात व्यवसायी दधिराम खरेल र नर्सरी व्यवसायी बिन्दु गुप्ताले पनि प्रबल जनसेवाश्री पाएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाललाई पनि यो पदवी दिइएको छ ।
व्यवसायीहरू गणेश कार्की, कृष्ण मुरारी अग्रवाल, जीवकान्त काफ्ले, योगेश घिमिरे, मानसिंह साउँद, राजु कार्की र अस्मिलाल भट्टराईलाई जनसेवाश्री पदवी दिइएको छ । पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे र मिङ्मा शेर्पा र अटो व्यवसायी मिलनबाबु मल्ललाई पनि जनसेवाश्री पदवी दिइएको छ ।

 


सम्बन्धित समाचार