Logo

२ कार्तिक, वीरगञ्ज ।
वीरगञ्ज स्थित हजारी मल धर्मशालाको जग्गा सवारी साधन पार्किङका लागि प्रयोग गरिने भएको छ । वडा नम्बर ६ मा पर्ने धर्मशालाको १५७६।६ वर्गमिटर जग्गा श–शुल्क पार्किङका लागि प्रयोग गरिने भएको हो ।

हजारीमल सेवा ट्रष्टले ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रबीच श–शुल्क पार्किङका लागि जग्गा दिनेगरि सम्झौता भएको छ । ट्रष्टका तर्फबाट अध्यक्ष नारायण कुमार अग्रवाल मारवाडी र सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हजारी मल धर्मशाला भन्ने हजारी मल स्मृति भवनको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ४३, १४, २, १९ को १५७६।६ वर्गमिटर जग्गा श–शुल्क पार्किङका लागि मात्र प्रयोग गर्न दिने उल्लेख छ । हजारी मल स्मृति भवनको जग्गामा अर्को योजना बनेपछि जग्गा खाली गरिदिनुपर्ने शर्त सम्झौतामा छ ।

श–शुल्क पार्किङबाट भएको आम्दानीको रकम पार्किङमा कार्य गर्ने कर्मचारीको तलब भत्ता, मसलन्द खर्च आदी खर्चहरु कटाएर बाँकी रहेको रकम हजारी मल सेवा ट्रष्टमा राखिने भएको छ । ट्रष्टमा जम्मा भएको रकम सामाजिक कार्यमा खर्च गर्नेगरि सहमति भएको ग्रिन सिटी समुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।

सहरलाई सुन्दर र व्यवस्थित बनाउने वीरगञ्ज महानगरको योजना ग्रिन सिटी समुदायिक प्रहरी सेवा केन्द्रले सहयोग गरेको उहाँको भनाई छ । वीरगञ्ज महानगरले पार्किङ स्थल व्यवस्थापनमा सहयोग गरिरहेको छ । वीरगञ्जको मुख्य सडकमा सवारी साधन पर्किङ गर्न नदिनेगरि योजना अघि बढाईएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताउनुभयो ।


सम्बन्धित समाचार