काठमाडाै भदाै २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव आफ्नो संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्व भएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा दोश्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफुले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अव सम्पूर्ण ध्यान संकल्प बिकास र समृद्धि , शान्ति र स्थायित्व हुने बताउनुभएको हो । उहाले आफ्नै नेतृत्वमा ठूला ठूला परिवर्तन स्थापीत भएको र अब विकास र समृद्धिका लागि बाँकी जिवन व्यतित गर्ने चाहना रहेको जिकिर गर्नुभयो ।
प्रचण्डले मुलुकको आर्थिक बिकासका लागि स्रोत र सधानको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । नेपालको राजनीतिक वातावरण र नेतृत्वको इच्छाशक्तिको अभावका कारण स्रोत र साधनको प्रयोग गर्ने भिजन र योजना तथा कार्यक्रम बन्न नसकेको प्रचण्डले बताउनुभयो । उहाले अहिले आयात बढ्दै जानु निकै चिन्ताको बिषय भएको भन्दै कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा बृद्दि गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै प्रचण्डले मुलुकको बिकासका लागि भौतिक पूर्वाधार मात्रै नभई डिजिटल पूर्वाधार आवश्यक रहेकाले यसमा युवाहरुको बिशेष ध्यान जानुपर्ने बताउनुभयो ।