Logo

२९ कार्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अफिसियल फेसबुक पेजमा जारी गरेको विज्ञप्ती चौविस घण्टा नपुग्दै हटाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैया बस्ने निर्माण व्यवसायी नुरेनबी ठकुराईले महानगरपालिका प्रमुख राजेशमान सिंहले आफूमाथि अन्याय गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनीक गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाले नुरेनबी ठकुराई भन्ने व्यक्तिले सामाजिक सञ्जालमा राखेको भिडियो प्रति महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै सोमबार दिउँसो १ बजे र ३५ मिनेटमा महानगरपालिकाको आधिकारीक फेसबुकपेज मार्फत विज्ञप्ती सार्वजनिक गरेको थियो ।

उक्त विज्ञप्तीमा महानगरपालिका कार्यालय र नगर प्रमुखको समेत बदनाम हुनेगरी कुत्सित उदेश्य राखेर प्रायोजित रुपमा गलत, कपोलकल्पित एंव भ्रामक सन्देश फैलाएको तथा निज ठकुराईसँग महानगरपालिकाको कुनै पनि निर्माण वा आपूर्ति सम्वन्धि सम्झौता नभएको र निजले भुक्तानी नपाएको भनि उल्लेख गरेको कामको भुक्तानी माग गर्न सम्वन्धित उपभोक्ता समितिका पदाधिकारीहरु नआएको उल्लेख गरिएको थियो ।

महानगरपालिकाले विज्ञप्ती जारी गरेपछि पुन निर्माण व्यवसायी ठकुराईले सामाजिक सञ्जालमा अर्को भिडियो सन्देश मार्फत महानगरपालिकासँग गरेको कामको विवरण सार्वजनिक गरे लगत्तै महानगरपालिकाले उनी विरुद्ध जारी गरेको विज्ञप्ती फेसबुक पेजबाट हटाएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्ती किन हटाइएको हो त्यसबारेमा भने फेसबुक पेजमा कुनै उल्लेख गरिएको छैन ।

यता निर्माण व्यवसायी नुरे नबी ठकुराईले आफूले वीरगञ्ज नगरपालिकामा २०५७ साल देखि ठेक्कामा निर्माण सम्वन्धी काम गर्दै आइरहेको र उपभोक्ता समिति गठन गरेपनि निर्माणको काम ठेकदार मार्फत हुदै आएको बताए ।

ठकुराईले रेसखवरसँगको कुराकानीमा एउटै प्रकृतिको काममा केही कामको भुक्तानी भएको र केही कामको भुक्तानी रोकिएको विषयमा योजना महाशाखाका प्रमुख राजेश चौरसीयाले मेयरसावको आदेशमा भुक्तानी रोकिएको जानकारी दिएको बताए । निर्माण कार्य सम्पन्न गरि भुक्तानीको प्रकृयाको टिप्पणी फाइलमा समेत कार्यालय प्रमुखको तोकआदेश भएको फाइल मेयर सिंहले आफ्नो कब्जामा राखेर भुक्तानी रोकिदिएको उनको भनाई थियो ।

स्थानीय निर्वाचनमा आफूलाई सहयोग नगरेको र भोट नदिएको भन्दै मेयर सिंहले म माथि पूर्वाग्रही भएर काम गरेको आरोप ठकुराईको छ । उनले महानगरपालिकाले रोकेको निर्माण सम्पन्न भएका कामका वारेमा केही दिनमा आवश्यक कागजात सहित नगरपालिका भित्रको वेथितिको विषय सार्वजनिक गर्ने बताए ।

वीरगञ्ज महानगरपालिकाको अफिसियल फेसबुक पेजमा राखिएको यो सूचना प्रकाशन गरेको २४ घण्टा नपुग्दै पेजबाट हटाइएको छ


सम्बन्धित समाचार